दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा रहेको भूमिराज माद्यमिक विद्यालय तौकीमा फेरी तालाबन्दी गरिएको छ ।

भूमिराज मा.बि तौकीमा आइतबार (आज) विद्यार्थीहरुले तलाबन्दी गरेका हुन् । यसअघि गत असोज २१ गते पनि विद्यार्थीहरुले आफ्ना विभिन्न मागहरु पुरा नभएको भन्दै विद्यालयमा ताला लगाएका थिए । विद्यालय प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिएपछि तालाबन्दी खोलिएको भएपनि अहिलेसम्म माग सम्बोधनको विषयमा कुनै सुनुवाइ नभएको कारण फेरी ताला लगाउन विद्यार्थीहरु बाध्य भएको कक्षा ९ मा अद्ययनरत बल्देब भट्टले बताउनुभयो ।

विद्यार्थीहरुका अनुसार विद्यालयमा शैक्षिक सामाग्री, पिउने पानी, खेलकुद सामग्रीको अभाव रहेको छ । विद्यार्थीका समस्या सम्बोधनमा विद्यालय प्रशासन उदासिन बनेको उनिहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय