धनगढी । समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मत बहादुर सिंह निर्वाचित भएका छन् । शनिवार धनगढीमा सम्पन्न प्रथम अधिवेशन मार्फत सिंह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्ष तपेन्द्र कुवर, शर्मिला रोकाय, महासचिव डिलबहादुर सिंह, सचिव सन्तोष प्रसाद जैसी,
कोषाध्यक्ष समीक्षा जोशी निर्वाचित भएका छन् ।त्यस्तै सदस्यहरू उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र वि.क. निर्वाचित भएका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा , संगठनका केन्द्रीय अध्यक्ष बिष्णमणी सुवेदी लगायतको उपस्थितिमा हिजो प्रथम अधिवेशन सम्पन्न भएको हो ।
