काठमाडौँ । बैतडीको दोगडाकेदार गाँउपालिका वडा नम्बर १ रिमको बर्सिनीमा रहेको कलालिङ्ग मन्दिरमा भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न भएको छ । स्थानिय समाजसेवी तेज बहादुर भण्डारीको अगुवाईमा गत श्रावन १ गतेबाट उक्त मन्दिरमा भौतिक पुर्वाधार निर्माणको काम थालनी गरिएको थियो । मन्दिरमा शिवालय, प्रवेशद्वार, घेर पर्खाल, शौचालय, स्नान गृह र मन्दिर प्राङ्गण लगायतका संरचना निर्माण गरिएको छ ।

मन्दिरका संरचनाहरु निर्माणका लागी भेटी स्वरुप आर्थिक संकलन अभियान थालिएकोमा देश तथा बिदेशमा रहेका स्थानियहरुबाट १० लाख ७० हजार ६ सय २१ रुपैया संकलन भएको थियो भने १ लाख बराबरको श्रमदान स्थानियले गरेका थिए ।

मन्दिरमा संरचना निर्माणको अगुवाई गरेका समाजसेवी भण्डारीले श्रमदान तथा भेटीदान गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै अझै मन्दिरमा भोजन गृहको अभाव रहेकाले सहयोगको लागी पनि अपिल गरेका छन् ।
संकलित रकमबाट केही रकम बचत रहेको र १ लाख जति संकलन भएमा भोजन गृह बनाउन सकिने भण्डारीले बताए । गरे सबै कुरा सम्भव हुन्छ भन्ने कुरा र एक व्यक्ती मात्रै पनी समाजको नमुना बन्न सक्छ भन्ने कुरा समाजसेवी भण्डारीले प्रमाणित गरिदिएका छन् ।


