दार्चुला : नेकपा एमाले दार्चुलाले ९ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ। शनिवार पत्रकार सम्मेलनमार्फत नेकपा एमालेका केन्द्रीय कमिटि सदस्य एवं दार्चुला ईन्चार्ज शहदेव बोगटी, जिल्ला अध्यक्ष प्रेमसिंह धामी लगायत नेताहरुको उपस्थितिमा ९ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको हो।
नेकपा एमालेले ९ औँ जिल्ला अधिवेशन पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा गर्ने भएको छ। अधिवेशनको तयारी स्वरुप शनिवार लोगो सार्वजनिक गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए।
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारा दिएर सृजना गरिएको लोगोको बीच भागमा राष्ट्रिय धाम मालिकार्जुन मन्दिर, पृष्ठभूमिमा अपिहिमाल र छेउतिर राष्ट्रिय स्तम्भको तस्वीर अटाइएको छ। अधिवेशनका लागि वडा, पालिकाबाट साढे चार सय जति प्रतिनिधि बताइएको छ। ९ औँ अधिवेशन एकताको अधिवेशन हुने एमालेले जनाएको।
