धनगढी । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका १ मा रहेको पतञ्जली योग केन्द्र सुदूपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो। विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा सुदूपश्चिम सचिव धनुषधारी पाण्डेय विशिष्ट अतिथि रहेको नगर एकाइ उपाध्यक्ष सरस्वती भट्टले बताइन्।

स्वस् धर्म संस्कृति संरक्षणका लागि शुभचिन्तक सम्मेलन आयोजना गरिएको विश्व हिन्दु परिषद् नेपालका उपाध्यक्ष भट्टले बताइन्।

करिव २ सयको हाराहारीमा उपस्थिति रहेको सम्मेलनमा हिन्दु धर्मबारे र हिन्दुधर्म संरक्षण कसरी गर्ने जस्ता विषयमा व्यापक जानकारी गराएको विश्व हिन्दु परिषद् नेपालका धनगढी नगर अध्यक्ष महेन्द्र राज पन्तले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय