दार्चुला । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजेन्द्र सिंह धामी नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको सदस्यमा चयन भएका छन् । शुक्रवार सम्पन्न एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशनले केन्द्रीय सदस्य धामीलाई जिल्ला कमिटि सदस्यमा निर्विरोध चयन गरेको हो ।

उनी मालिकार्जुन गाउँपालिकाबाट खुल्ला ४ सदस्यमा अटाएका छन् । धामी दार्चुलाबाट रेडियो नेपालमा रिपोटिङ गर्छन् भने सारथी मिडिया नेटवर्कका संचालक पनि हुन् । ज्ञानेन्द्र बहादुर घर्तीको अध्यक्षतामा नेकपा एमाले दार्चुलाको ९० सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय