धनगढी: अत्तरियाको लामीताल परिसरमा जारी सुदूपश्चिम प्रादेशिक महोत्सब पौष २६देखी माघ ७ गतेसम्म संचालन भैरहेको छ । महोत्सवमा भोली बुधबार चर्चित लोक गायक पुष्कल शर्मा, टंक तिमिल्सिना, टिका जैसी, रेस विसी, रमेश मल्ल, अमृत नाथ लगायतका कलाकारले प्रस्तुती राख्ने अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईले बताएका छन ।
आज मंगलबार पल शाह संगै एलिना चौहान, डेउडा गायक भुवन, अनिता चलाउने, श्रृजना खत्री र दुर्गा भट्ट लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । आज महोत्सबमा आजसम्मकै सबै भन्दा बढी दर्शक उपस्थित भएको समेत उद्योग वाणिज्य संघका संयोजक भट्टराईले बताए।
