धनगढी: राम जन्मभूमि अयोध्यामा लामो समयपछि रामको मन्दिर उद्घाटन भएसँगै भारतलगायत विश्वभरि उत्सव छाएको छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दु भगवान राम को मन्दिरको प्राण प्रतिष्ठा आज माघ ८ गते राम जन्मभूमि अयोध्यामा गरिएको थियो।

सोही कार्यक्रम अनुरुप कैलालीको धनगढीमा रहेको प्राज्ञिक विद्यार्थी परिषद्ले पनि भव्य रूपमा भजनकीर्तन सहित रामको उत्सव मनाएको हो। कला धर्म तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्य र भगवान रामको दरबारको प्राण प्रतिष्ठाका दिन हिन्दू धर्मप्रति आस्था राख्ने सबैलाई उपस्थित गराएर भजनकीर्तन सहितको कार्यक्रम सम्पन्न गरेको प्राज्ञिक बिध्यार्थी परिषद् राष्ट्रिय सचिव दिवस पोख्रेलले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय