शान्ति प्रसाद जोशी धनगढी: सनातन हिन्दू धर्मावलम्बीहरूका आस्थाका केन्द्रबिन्दु भगवान रामको जन्मभूमि अयोध्यामा करिब ५०० वर्षको संघर्ष पछि आज भगवान रामको मन्दिरको प्राण प्रतिष्ठा गरिएको थियो। सनातनीहरूको लामो सङ्घर्षपछि आज गरिएको प्राण प्रतिष्ठाको भारतलगायत विश्वभरि उत्सवको रुपमा मनाएको छ। सोही अनुरुप विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर एकाइले पनि बृहत शोभायात्रा साथै दीप प्रज्वलन गरी उत्सव मनाएको हो।

दिउँसो ३:३० बजे ट्राफिक चौराहादेखि सुरु भएको शोभायात्रा पार्क मोडमा आएर दीप प्रज्वलन गरी समापन गरिएको हो। उक्त कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति र विभिन्न मठ मन्दिरका कार्यसमिति परिवार र हिन्दु सनातनीहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हिन्दू परिषद् नेपाल नगर समिति अध्यक्ष महेन्द्रराज पन्तले बताए। भगवान राम एउटै भारतको मात्रै नभई विश्वभरिका हिन्दू सनातनीहरूको आस्थाको केन्द्रबिन्दु रहेको समिति अध्यक्ष पन्तले बताए।

हर्षो उल्लासका साथ मनाइएको कार्यक्रममा लगभग ५ हजारभन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो। क्रममा प्राज्ञिक विद्यार्थी परिषद्, हिन्दू स्वयंसेवक सङ्घ, ओम शान्ति परिवार , विभिन्न मठमन्दिरका पदाधिकारी विभन्न संगसस्था र हिन्दू धर्मप्रति आस्था राख्ने जनमानसहरूको सहभागितामा सम्पन्न भएको विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर सचिव सिद्धराज पनेरुले बताए।

