धनगढी। धनगढी उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ । १२ स्वर्णसहित १२ रजत र ८ कास्य गरी ३२ पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो ।

 

त्यस्तै, ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदक जित्दै त्रिनगर माध्यमि विद्यालय दोस्रो र ८ स्वर्ण, २ रजत ३ कास्य गरी १३ पदक जितेर एक्सिस विद्याश्रम हसनपुर तेस्रो भएको छ । प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी ३७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय