बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र कुमारी बैंकको संयुक्त आयोजनामा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरी गाउँगाउँमै पुगेर भत्ता वितरण गरिरहेको हो ।
शिविरमार्फत अहिले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताए । वृद्धवृद्धा, अशक्त र आपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि माघ ५ गतेबाट वडा तथा गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणालीमार्फत वितरण कार्य सुरु गरिएको उनले बताए ।
भत्ता वितरण गर्न वडा नम्बर २ र ३ मा बाँकी रहेकोमा २ मा बिहीवारबाट सुरु गरिएको र ३ मा माघ १४ गते वितरण गरिने बताइएको छ ।
