दार्चुला । समुदायमा कांग्रेस अभियान संञ्चालनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर थापा दार्चुला पुगेका छन ।

नेपाली कांग्रेसले मंगलबार पर्सि देखि समुदायमा कांग्रेस अभियान संञ्चालन गर्ने भएपछि थापा आइतबार आज दार्चुला पुगेका हुन ।

अभियान सफल पार्नका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य थापालाई दार्चुला खटाएको नेपाली कांग्रेस दार्चुलाका जिल्लाकार्य समिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति सदस्य एवं सुुदुरपश्चिम प्रदेश सभा सदस्य बहादुर थापालाई पार्टी कार्यालयमा स्वागत गरिएको छ  ।

जिल्लामा खटिएका थापाको उपस्थितिमा सोमबार पार्टी कार्यालयमा विस्तारित बैठकको आयोजना गरिएको छ । जिल्लामा १६ गते मंगलबार देखि जिल्लाका ६१ वटै वडामा अभियान सञ्चलालन हुने जिल्लाकार्य समिति सचिव कार्कीले जानकारी दिए । प्रत्येक वडामा अभियान सञ्चलालनका लागि भोली विस्तारित बैठकबाट जिल्लास्तरका नेताहरुको कार्यविभाजन हुने कांग्रेस दार्चुलाले जनाएको छ ।

सबै वडामा प्रतिनिधि खटाएर कार्यक्रम सञ्चालन गर्नका लागि तयारी तिब्र बताइएको छ । अभियान मार्फत समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझाव संकलन गरिने र समाधानका लागि आवश्यक पहल गरिने कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र कार्कीले जानकारी दिए ।

 माघ १६ गते बाट समुदायमा कांग्रेस अभियान सुरु भइ  माघ २६ गते कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा अभियान समाप्त हुने  बताइएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय