दिनरातको मेहनत बिना घरमा चुलो बल्दैन ।
थकित हातखुट्टा नचले जिन्दगी चल्दैन ।।
एकअर्कामा सम्बन्ध जोगाईराख्नु सधै ।
प्रेम बिना त आगोमा हिउँ पनि गल्दैन ।।
जन्म दिने आमा घरमा छोरो समुन्द्र पारी ।
भगवानरुपी आमाबिना दिनै ढल्दैन ।।
विस्वासले संसार चल्छ सङ्घर्ष गर्नु सधै ।
सच्चा प्रेमबिना माटोमा हिरा फल्दैन ।।
✍️जयन्त भाट बैतडी
