बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानीमा जिप दुर्घटना भएको छ। सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।

८ जना सवार जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएका छ भने चालक सहति ७ जना घाइते भएका छन् । जिपमा सवार वडा नं ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको र घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए । । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी प्रवक्ता जोशीले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय