जिउदो ज्यान प्रदेसमा ढलेको त्यो दिन।।

न रुनुहै चितामा जलेको त्यो दिन।।

 

मीठो मसिनो खाउँला भनी प्रदेस छिरेको म।

मन नदुखाउनु दैबले छलेको त्यो दिन।।

 

अँखा मा आँसु न देखाइ जिउनु सिक्नु तिमी।

सारा सपना अस्ताउदा मन गलेको त्यो दिन।।

 

संगै बिताएका याद हरु मनैमा राखी।

आफै सम्हाल्नु दागबत्ती बलेको त्यो दिन।।

✍️भेष राज जोशी बैतडी हाल बेङ्लोर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय