धनगढीः कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्।
उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
