दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन्। प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै वडाध्यक्ष धामीले आफूलाई ज्यान मार्ने धम्की दिएका नगरपालिकाका सहायक लेखापाल विजयसिंह विष्टले जानकारी दिए ।

‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे । भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन् । लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने ।

यही माघ १० गते नमस्कार निर्माण सेवा प्रालिले नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको गोकुलेश्वर कृषि भवनको जग्गा सफाइ सम्पन्न भएको भन्दै भुक्तानीका लागि निवेदन दिएको थियो । सोही निवेदनमा तोक लगाएर प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले भुक्तानीका लागि लेखा शाखामा पठाएका थिए ।

सहायक लेखापाल विष्टले सोही पत्रमा प्रक्रिया नपुगेका कारण भुक्तानी दिन नसकिने भन्दै फिर्ता पठाएका थिए । सोही विषयलाई लिएर वडाध्यक्ष डागाले सहायक लेखापाललाई धम्क्याएका हुन् । यता वडाध्यक्ष डागाले भने सामान्य विवाद भएको बताएका छन् । मैले धम्की दिएको छैन, भुक्तानी नरोक्न भनेको हुँ, विष्टले अटेरी गरेु, वडाध्यक्ष डागाले भने ।

यस्तै शैल्यशिखर नगरपालिकामा कार्यरत सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्य राति चेक काट्न लगाएको घटना बाहिरिएको छ। नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामी र सवइन्जिनियर सुनिल रावलसहितको समूहले मध्य राति लेखापाल विष्टको घरमा गएर धम्क्याएका हुन् ।

घटना गत पुस २८ गतेको हो । सो दिन मध्य राति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरू लेखापाल विष्ट बस्ने घरमा छिरेका थिए । उनीहरूले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्क्याएका थिए।

कार्यालय प्रमुखले तोक लगाएको जुनसुकै बिल भरपाईहरू तुरुन्तै पास हुनुपर्ने भन्दै उनीहरूले राति कार्यालयमा गएर चेक काट्न दबाब दिएका थिए । शाखाको काम रोकिएको खण्डमा आफूहरूले सार्वजनिक स्थानमा कुटपिट गर्ने लगायतका धम्कीहरू दिएका थिए ।

लेखापाल विष्टले मध्य राति घरमा गएर धम्क्याउने, कुटपिट गर्नेजस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहीको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीलाई निवेदन दिएका छन् । तर प्रमुख प्रशासकीय अधिकृत धामीले समस्या समाधानमा चासो नदेखाएपछि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय