कैलाली: अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो। खरले छाएको ढुङ्गा र काठको गोठमा आज (बुधवार) ६ बजेतिर आगलागी भएको थियो।

उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय