दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित बाल संगठनको कार्यालय तथा एसियन बोर्डिङ स्कुलमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।
आगो लाग्ने वित्तिकै थाहा पाएपछि स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको र विद्यालयमा ठूलो क्षति हुनबाट जोखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आगलागी पूर्ण नियन्त्रणमा आइसकेको भएपनि क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।
पछिल्लो समय खलंगा बजारमा विद्युतिय आगलागीका घटना बढेका छन् । केही दिन पहिले मात्रै पशुपति शिक्षा मन्दिर स्कुलमा र केही घरहरुमा आगलागी भएको थियो ।
