धनगढी। कैलालीको धनगढी उपहानगरपालिका–४ चटकपुरमा कार र स्कुटर आपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार ३० वर्षीय मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् ।

स्कुटर चालक गोदावरी नगरपालिका–५ गेटाका २७ वर्षीय रस्सन र ३० वर्षीया चन्द्रा चौधरी घाइते भएका हुन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताए । कार चालक कुँवर नेपाल विद्यार्थी संघ कैलालीका सभापति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय