अत्तरिया : कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारलाई रिहाई गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा कन्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुंवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई रिहाइ गर्न माग गरेको हो।

सचिव राजेन्द्र प्रशाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तीमा प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि विद्युतिय कारोवार कसुर अर्न्तगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

ज्ञापन पत्रमा एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाई गर्न माग गरिएको छ। माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय