दार्चुला। दार्चुलाको मार्मा गाउँपालिकामा रहेको प्रशिद्ध तलाइमाण्डौ लटिनाथ मन्दिरमा तोडफोड गरिएको छ । मार्मा गाउँपालिका वडा नम्बर ३ लटिनाथमा अवस्थित तलाइमाण्डौँ लटिनाथ मन्दिरमा माघ २७ हिजो राति अज्ञात समुहले तोडफोड गरेको निवर्तमान वडाअध्यक्ष एबं मन्दिर व्यवस्थान समिति सदस्य पुष्करसिंह बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिरको चढाएका सिला लेखहरु र घण्टीहरु टोडफोड गरिएको छ । मन्दिर जस्तो पवित्र ठाउँ र आस्थाको केन्द्रमा त्यस्तो अनैतिक तथा गलत काम गर्ने जो कोहिलाई कडाइका साथ कार्वाही गर्न मन्दिर विकास समितिले सरोकारवालाहरुलाई अनुरोध गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलेस बिष्टले इलाका प्रहरी कार्यालय लटिनाथमा आवश्यक कार्वाही तथा अनुसन्धानको लागि निवेदन समेत दर्ता गरेको बताइएको छ ।
