
दार्चुला कात्तिक ११ । कात्तिक पहिलो हप्ताको मनसुनी बर्षाका कारण ब्याँस गाउँपालिकाको वडा नम्वर ३ सिनाका वाढी पहिरो पिडितलाई गाउँपालिकाको कार्यविधि अनुसार उचीत राहत दिने गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकीले वताएका छन ।
विहिवार विहान गाउँपालिका अध्यक्ष बुढाथोकी सिना पुगी पिडितहरुलाई गाउँपालिकावाट हुने सम्पुर्ण सहयोग गर्ने वताउँदै यस्तो विपत्तिमा नआत्तिन आग्रह गर्नु भएको छ ।
सिना बस्तीमा १०÷१२ घरपरिवार उच्च जोखीममा रहेको पाईएको छ । त्यस्तै सिना पुग्ने दार्चुला तिंकर सडक र ठाउँ ठाउँमा घोरेटो वाटो भत्किएको छ ।
तत्काल प्रहरी मुचुल्का वनाई गाउँपालिकाको कार्यविधि अनुसार पिडितलाई सक्दो राहत दिने वताएका छन । वस्ति पुनः स्थापन र पुन निर्माणको लागी पनि पक्रिया अगाडी बढ्ने गाउँपालिका अध्यक्ष बुढाथोकीले जनाएको छ ।
त्यस्तै शिद्ध माध्यामिक विद्यालय सिनामा पनि गाउँपालिका अध्यक्षले अवलोकन गर्नु भएको छ । केहि विद्यालयमा सुधारात्मक पक्षहरु देखिएकाले विद्यालय परिवारलाई अध्यक्ष बुढाथोकीले सल्लाह सुझाव दिनु भएको छ ।