डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवालई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरेको हो ।
घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन । बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतवार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए ।
उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
