दार्चुला – दार्चुलाको महाकाली नदी किनारमा एक जना महिलाकाे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव शनिबार साँझ ६ बजेकाे समयमा फेला परेको हो।

मृतक महिलाको पहिचान हुन सकेको छैन। यसबारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरीकार्यालय दार्चुलाले जानाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय