धनगढी – धनगढी-१, टीसीएन चोकमा रहको साइनो एजुकेसनले प्रथम वार्षिकोत्सव मनाएको छ । गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आज आइतबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो ।

आज धनगढीका विभिन्न क्षेत्रका शिक्षा प्रेमी व्यक्तिहरुको उपस्तिथिमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीत, गजल लगायतका प्रतिभा प्रदर्शन गरि वार्षिकोत्सव मनाएको छ ।
त्यस्तै साइनोमा अध्यापन गराइरहेका शिक्षकलाई मायाको चिनो, सम्मान पत्र प्रदान गरिएको छ भने साइनोमा अध्ययनरत देव साउँद साइनो अफ द इयर घोषणा भएका छन् ।

यस्तै साइनोले वसन्तराज जोशी, आकृति गौडेल, विनोद सुनारलाई ट्यालेन्ट अफ द इयर घोषणा गरेको छ । उक्त समारोहमा सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतम, दिनेश ग्रुपका अध्यक्ष श्याम हमाल, व्यवसायी ठक्कर बम र सनराइज टेलिभिजनका सञ्चालक उत्तम थापा लगायतका शिक्षा प्रेमी व्यक्तिको उपस्थिति रहेकोे थियो ।

धनगढीमा साइनो एजुकेसनले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतमले बताए। आजको युग सुहाउँदो व्यवहारिक शिक्षा दिइरहेको साइनो एजुकेसनबाट अन्य संस्थाले पनि सिक्न जरुरी रहेको क्याम्पस प्रमुख गौतमले बताएका छन् ।
साइनो एजुकेसनले सम्पूर्ण शिक्षा प्रेमी अग्रज व्यक्तिको सरसल्लाह लिएर विद्यार्थीहरुलाई सक्षम र उज्ज्वल भबिस्य निर्माण गर्न लागिपरेको साइनो एजुकेसनका सञ्चालक सञ्चालक रोहित चन्दले बताएका छन् ।

त्यस्तै वार्षिकोत्सव समारोहमा साइनो एजुकेसनमा माघ २८ गतेदेखि फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना हुने विद्यार्थीहरुलाई गोलापर्थाद्धारा आज विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ ।
यस्ता छन् साइनोले प्रदान गरेका उपहारहर
– १ जना विजेतालाई Android मोबाइल फोन,
– ३ जना विजेतालाई चिकेन स्टेशनमा ब्रेकफास्टको अवसर,
– ३ जना विजेतालाई रुवस होटलमा Lunch को अवसर,
– ३ जना विजेतालाई महाविर पुन को जीवनी,
– ५ जना विजेतालाई STS CINEMA को निःशुल्क टिकट,
– ५ जना विजेतालाई गोठालोमा निःशुल्क कफी र
– १ जना विजेतालाई भाषा कक्षामा १००% छात्रवृती ।
