दार्चुला –दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका –२ सुन्नमुन्नस्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ग्वाल्लेक निर्माण सेवा निर्माण कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका–५ गमरखोली बस्ने ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको उनले बताए । दुर्घटनामा गम्भीर घाईते भएका रावतको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका–१ बस्ने २८ वर्षीय बिजेन्द्रसिंह नायक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय