करन सिह बडाल, दार्चुला कात्तिक १३ । हिकिला गर्खामा आफ्ना भाइबन्धुका साथ बिरा वडाल बस्थे । जुम्लाका रजौटा बिरा सिंह उनका मीत थिए । दुवैले एक अर्कालाई सँकट परे एक ज्यान भएर लाग्ने धितकस जनै छोएर लिएका थिए। बिरा सिंह दुँहू९बीण०का राजा सुकालु बमका मामा थिए । एक चोटि सुकालु बम आफ्ना भारदारी फौज सहित जुम्लातिर जाँदा बाटोमा एक साँझ पडाव लिएर बसेका थिए । सुकालु हुक्कमा तमाखु खाँदै थिए । छेवैमा खसीको टाउको पोल्दै थिए । पोलेको खसीको दातहरु बिरुप देखिएका थिए । सुकालु बमले मजाक गर्दै भने,ू यसका त मेरा मामा बिरा सिंहका जस्तै दाह्रा पो देखिए ू। बिरा सिंहका नमिलेका उचो परेका दाँत थिए । त्यसैले शिविरमा हाँसो फैलियो । यो कुरा बिरा सिंहकहाँ पुग्यो । उनले अपमान महसुुस गरे र भान्जालाई तह सबक सिकाउने र तह लाउने बिचार गरे । उनले आफ्ना मीत बिरा बडाललाई यसको लागि दुँहू आउन लागेको र आवश्यक परे सहयोग गर्नुपर्ने खबर पठाए । जुम्ली रजौटा बिरा सिंह दुँहू आए र भान्जा सुकालुलाई लड्न आउन खबर पठाए । यो सुनेर कान्छा भाइ लखी बम भागे भने सुकालु लड्न भनेर भाडि बस्कोट किल्लामा बसे । बिरासिंह र सुकालुको लडाइँ भयो । द्वन्द युद्ध दुई तीन दिन चल्यो । लड्दै जाँदा अन्तमा सुकालु माथिपरे बिरासिंह मुन्तिर । बिरा सिंह मारिने निश्चित भयो । मुनि परेका बिरा सिंहले नजिकै बसेका मीत बिरा बडाललाई जनैको धीत९बाचा० स्मरण गराउदै सहयोगको लागि आग्रह गरे । सुकालु छिमेकी थिए भने बिरा सिंह मीत, त्यसैले बिरा वडालले हतियार उठाएनन् न हातले नै प्रहार गरे । केवल उनले रोटी पल्टाए झैं हात लाएर मुनिपरेका बिरासिंहलाई माथि र माथिका सुकालुलाई मुनि पारेर छोडिदिए । यसै मौकामा बिरासिहले कम्मरबाट कटारो९छुरा० झिकि सुकालु बमको हत्या गरे । भागेका लखि बमले सुकालु हत्याको सम्पूर्ण दोष बिरा बडाललाई लगाए । त्यहाँ बाट बडाल र बमको बैर शुरु भयो ।
बडालसँग ईबि साध्न लखि बम सधैं लागिरहे । केही बर्ष पछि आफ्नो शक्ति प्रदर्शन गर्न एक पाईक९बलवान्,वीर० दुँहू पसे र बम राजालाई लल्कार दिए । बम राजाले बडालसँग ईबि साँध्न सकिने मनले आफु भन्दा बलवान् हिकिलामा बडाल रहेको र उसलाई दुवै मिलेर मात्रै हराउन सकिने कुरा सुनाए । बम राजाले बडालको बंश नास गर्न चाहान्थ्यो त्यसैले दिनमा २२ भाइछोरासँग लड्न नसकिने र दुवै मिलि राति आकर्मण गर्ने योजना बनाए । यसै अनुसार मध्यरातमा सबै सुतेका बेला दलबलका साथ आकर्मण गरि महिला, बालबालिका सहित सबै बडालको हत्या गरि फर्किए ।
यसो भए पनि वडालको वंश नाश नै त हुन सकेन । किनभने केही दाजुभाइ काम बिशेषले बाहिर गएका थिए भने एउटा गर्भवती आमा माइतीघर सुन्सेरा मडगाउँ गएकि थिइन् । बाहिर गएका दाजुभाइहरु यो हत्याकाण्ड पछि डोटीको बाटो हुँदै जुम्ला पुगे भने माइतीघर गएकी आमा लुकेर माइत मै गर्भे टुहुरो हुर्काउन थालिन् ।
गर्भे टुहुरो हुर्किए पछि भारतको ह्याँकी रजवारको दरबारमा काम गर्न थाल्यो । त्यतिखेर ह्याँकी रजवारले अस्कोटको राजालाई शिर्ति९कर० बुझाउनु पर्थ्यो । यसै क्रममा शिर्ति बुझाउन बडालको नेतृत्वमा भरियासहितको टोली भारतको जोलजिवी घाट हुँदै अस्कोट जाँदै थियो । नेपाल भारत सीमाको जोलजिवी घाटमा थुप्रै मलामी एकतृत थिए चिता तयार हुँदै थियो, सति जान महिला तयार पारिदै थिईन् । सोध्दा बीणको बम राजाको मृत्युु भएको र उनकी रानी सती जान लागेको बडालले थाहा पाए । वंश नाश गर्ने रजबार भए पनि आफ्ना पुर्खा सँग एउटै माटोमा हुर्केको साईनो राखि रुखको हाँगो हातले भाँचेर चितामा दिएछन् । यसो हुदाँ सति जान लागेकी रानीले चिताको दाउरा दिई आफुलाई ऋणी बनाएकोले उसको पहिचान गर्न लगाईन् । सोधपुछ गर्दा हिकिलाको बडाल भएको थाहा भयो । सति जान लागेकि रानीले उसले ससम्मान हिकिलामा बस्न पाउनुपर्ने अन्यथा श्राप दिने कुरा सबै मलामीलाई सुनाइ सति गइन ।
यसपछि बडालको बंशज दुँहूमा बाँकी नै रहेको चारैतिर फैलियो र यो कुरा जुम्ला सम्म पु्ग्यो । जुम्लामा बडालगाउ बनाएर बसेका बडालहरुले सल्लाह गरि सागर र कालू बडाल सहितलाई हिकिलामा बचेको वंशजको रेखदेख गरि मिलिजुली बस्न हिकिला पठाए । साथै लडेरै पनि कि गरिखाने कि मरिजाने भनी किज्वा बडाल हिकिला फर्किए । तर बम रजवारहरुको मनको कालो आएन उनीहरु षड्यन्त्रका तानाबाना बुनिरहन्थे ।
सागर बडालका २ छोरा हसी र बसी भए भने कालू बडालका १ छोरा जस्वा भए ।
किज्वा वडालको पनि सन्तान जन्मिए । त्यसैबेला कुमाउको राजाले दुँहूको बम रजवार माथि आक्रमण गर्ने कुरा भयो । बम रजबारले मावलका निङले पाईकलाई सहयोगको खबर पठाए । कुमाउ रजौटाको सेना दुङ घाटमा आईपुग्यो । आत्तिएर बम रजवार दमाईको भेष गरि उनकोबारे बुझ्न दुङ घाट गए । कुमैयासँग भेटि बम रजवारले आफुलाई पनि दुख दिएको तर उ शक्तिसाली हुनाले राति आक्रमण गर्नु पर्ने अनि सुरक्षित बाटो आफुले बताइदिने कुरा गरे । राति बाबियोको लडा९डोरी०को तुइन बनाइ महाकाली तर्ने र आक्रमण गरि बम रजवारलाई मार्ने कुरा बताए । सल्लाह अनुसार राति तुइन तयार गरे ।
दमाई भेषमा भएको बम रजवार आफू पहिला वारिपट्टि आए भने कुमैया सेनालाई पालैपालो आउन भने । राति भएकोले कुमैया सेनालाई एकएक गरि वारि तार्दै तरवारले काट्दै गर्न थाले । उज्यालो हुन्जेल त सयौ कुमैया सेना पाईक९प्रमुख वीर० सहित काटिईसके ।
उज्यालो हुनेबेला तुइन काटिदिए । पारिपट्टि मान्छेका लासको थुप्रो देखेपछि बाँकी लडाकु, भरिया भागेर गए ।
बम रजबार भोलिपल्ट फर्किदा निङले पाईक पुगिसकेको थियोे । बम रजवारले कुमैया पाईकसँग लड्न आफुलाई बोलाए पनि उसले आफैले सिध्याएको कुराले पाइक रिसायो । कि त उससँग लड्ने लडाकु खोज्नुपर्ने नभए आफैले लड्नुपर्ने शर्त बम रजवारलाई राख्यो । यसबेला फेरि बडाललाइ सिध्याउ सकिने सोची कालू र सागर बडाललाइ बोलायो । ५ नाली चामल १ खसी निङले पाइकलाई र १० नाली चामल २ खसी कालू सागरलाइ दिई खाना खाएर लडाइँ गर्ने कुरा भयो । कालुसागरलाई खाना कम भयो र १ ताउलो पिंडालु महि खाएर लड्ने तयारी भयो । एकले एकसित मात्रै लड्नु पर्ने भएकाले निङले पाइकसित कालुले लड्ने निधो भयो । लडाइँ ४ रात ४ दिन चल्यो । तर कोहि ढलेनन् । निङले पाइकको हात लामो थियो कालुको कम्मर कसेर अठ्याएको थियो । कालुले आफु थाकेको र हार्न लागेको इसारा गर्यो । एकसित दुईले लड्न मिल्दैन थियो । यसैले सागरले ठुलो ढुङ्गा जोडले आकासतिर फाल्यो । ढुङ्गा घुमाएर आकासतिर फालेकोले भर्ररर आवाज सहित ढुङ्गा फालेको देख्दा भय उत्पन्न भइ उसले कसेको हात अलि खुकुलो भयो । यसै मौकामा कालुले आफ्नो कम्मरमा भएको कटारो९चाकु०ले उसको पेटमा रोपी ढालिदियो । निङ्ले पाइक ढलेको थियो । कालुसागर एकातिर बसेका थिए । निङले पाइकले आफुले हारेको र जित्नेले केही पाउनु पर्ने धर्म अनुसार आफुले केही दिन नसकेकोले मर्नु भन्दा पहिला नै आफ्नो कम्मरमा भएको सुनको मुठ भएको कटारो आफै निकालि लैजान कालुलाइ आग्रह गर्यो । जसै कटारो लिन कालू नजिक पुग्यो निङले पाइकले आफ्नो तरवारले कालुका दुवै खुट्टा छिनाली दियो । रिसाएर सागरले निङ्ले पाइकलाइ तरवारले काटिदिए । सागर एक भाइ गुमाएर फर्के बदलामा रजवारले गोरु चराउन मिल्ने जग्गा दिए ।
सागरका छोरा हसी र बसी मध्ये हसीका तीन छोरा थिए । धर्म्या, जस्वा र पते । यी मध्ये एक भाइको बिवाह कपुर साहुको छोरि नखरिसित भएको थियो । उनी साह्रै सुन्दर थिईन । यसबाट बम रजवारहरुको षड्यन्त्र र दमन शुरु भयो । त्यतिखेर गौरा पर्वमा गन्जा९देउडा० खेलिन्थ्यो अचेल जस्तै । गौरामा बमहरुले रजवारको आडमा नखरिसित देउडा खेल्न थाले बलजफ्ति पनि । गौरा मनाउने स्थान जता सारे पनि उनले आउन छाडेनन् । नखरिले पनि उनको बिरोध नगर्ने भए पछि रिसाएर धर्म्या र जस्वाले उनको नाक काटिदिए । यसबाट बुवा कपुर साहु रिसाए । बदलालिन षड्यन्त्र गर्न थाले ।धर्म्या जस्वा त हामीले नखरिको होइन थमेनिको नाक काटेको भन्छन् भनेर चलाए । थमेनि त्यतिबेला रजवार्नी थिइन । कपुर साहु रजवारहरुसित मिलेर धर्म्या जस्वाको हत्या गर्न चाहान्थे । उनले कैयौंपटक षड्यन्त्र गरे पनि । कपुर साहु हालको कपुरखान भन्ने ठाउँमा बसेका थिए । उनलाई नसिध्याए षड्यन्त्र भैरहने निष्कर्षमा पुगे धर्म्या, जस्वा । दुवै भाइ हतियार सहित कपुरखान पुगे । त्यसबेला कपुरसाहु हुक्कामा तमाखु खाँदै थिए । एक भाइले भाला चलाए टाढा बाटै । भाला हुक्कामा लाग्यो । कपुर साहु भागे । ढलेको रुख नाघ्दै गर्दा दोस्रो भालाले उनी त्यै रुखमा टाँसिए । यो खबर लिएर स्याम्वा समाल रजवारको गए प्रत्यक्षदर्शीको रुपमा । धर्म्या जस्वालाइ कारवाही गरि हत्या गर्ने योजना बन्यो । उनी भागेर अस्कोटी राजाको गाउँ नजिक द्वालसेरा, तितरसेरामा लुकेर बसेका थिए । त्यसमा बन सुगुरले आतँक गरेका थिए । एक राति धर्म्या जस्वाले २२ बन सुँगुर मारिदिए । तिनका नाक कान काटेर आफुसित राखे । जनावर मारेकोले राजाले दण्ड देलान भन्ने डरले चुपचाप बसे । भोलिपल्ट धेरै सुँगुर मरेको खबर फैलियो । राजाले सबै सुगुर को टाउको बाजागाजा सहित आफुलाइ चढाउन त्यहाँका गाउँलेलाइ भने बदलामा राजाले इनाम राखेका थिए । सबै टाउका काटेर बावागाजा सहित राजाको दरबारमा लगे गाउलेले । रानीले तिनका नाककान नभएको पत्ता लगाइन र नाककान समेत पेश नगरे दण्डदिने कुरा गरिन । गाउलेले पछि सुगुर आफुले नमारेको यता पाहुना बसेमा दुई जनाले मारेको बताए । नाककान ल्याए दण्ड नभै पुरस्कार दिने भने पछि दुवै भाइले नाककान पेश गरे र सुगुर आफुले मारेको बताए । उनीहरूको बहादुरी र क्षमता देखेर राजाले दुवै भाइलाई द्वालसेरा, तितरसेरा दिने र उनीहरूले राजाको देवान भइ काम गर्नु पर्ने बताए । उनले दिएको देवानी स्वीकार गरेनन् र दुँहूतिर फर्किए ।
दुँहू फर्केर बडालगाउको घरमा बसेको रजवारले थाहा पाए र समातेर ल्याउन पठाए । दुवै भाइ भित्री कोठा९मजेला०बसेका थिए । बाहिर रजवारका मान्छेले घेरे । यो थाहा पाएर हातमा तरवार लिइ भाइ धर्याले अब लड्नु पर्छ जे होला होला भने । यो सुनेर बाहिरबाट रजवारका मान्छेले जनै र रुद्राक्षको मालाको एक छेउ ढोकाको प्वालबाट छिराइ नमार्ने बरु मित्रवत व्यवहार गर्ने कसम खाए । जनैमालाको कसम खाएपछि दुवै भाइ बाहिर आए । रजवारको हुकुम हुनाले उनीहरुलाइ पक्रे जस्तो गर्नु पर्ने तर उनलाई केही नगर्ने कुरा गरे । यसैले उनको हात पछाडि तिर बाँधेर लान सहमत हुनुपर्ने कुरा गरे । त्यस्तै गरियो । तर घरबाट तल पुगेपछि हात बाँधिएका दुवै भाइलाई ढुङ्गाले हानी हानी दन्थपे भन्ने ठाउँमा मारियो ।
असोजको नवमीको राति उनीहरुको हत्या गरि रजवार भोलिपल्ट दशमीको दिन रगतको टीका लाएर ब्रह्म मन्दिरमा पुगे । देवता कामेर मेरो दशै जुटो पारेकाले १ बर्ष भित्र अन्याय गरि रगतको टीका लाएजस्तै तिमीलाई पनि टीका लाउनेछु भनेछ । नभन्दै त्यै बर्ष त्यै दन्थपे नजिकै बाघले तिघ्रामा टोकी उपचार गर्न नेपाल गएका तर निको नभै उतै मृत्यु भएछ । हाल पनि दशैको पुजा लाग्ने बेला रजवारका बंशज मन्दिर छिर्दैनन ।
फेरि बडाल परिवारमा सँकट आयो । र अस्तित्वका लागि तितरवितर भए । कोही मावली मडगाउतिर लागे । कोही दुङली गए ।कोही लाइर गए । समयसँगै फेरि हिकिलामै आए । किज्वा बडाल हुस्करको सँरक्षणमा रहनु परेकाले उनका सन्तानले हुस्कर कुल देवता मान्न थाले । सुन्सेराको सम्पाल देवताले मडगाउमा रहदा र आउदा समेत संरक्षण दिएको र घर फर्किदा बडि आमाको डोकोमा सानो तर गह्र’गो ढुंगाको रुपमा सँगै आएको र आफै हालको सम्पाल९सोमनाथ०मन्दिरमा बसेर सँरक्षण दिएकोले उनका सन्तानले सम्पाललाई कुल देवता मान्ने गर्छन । धेरैजसोले मस्ठोलाइ कुल देवता मान्छन ।
सभ्यताको विकाससँगसँगै जीवन पद्धति र संघर्षका स्वरुप पनि फेरिदै गए । देशमा शासन शासन सञ्चालनको स्वरुप विकसित हुदै जान थाल्यो । त्यतिबेला दुँहू हिकिला डोटी राज्य अन्तरगतको दुँहू रजौटामा बमको शासन थियो । काटमार, लडाइँको कारणले फिरन्ते र अव्यवस्थित जीवनशैली थियो । विस्तारै शासन सञ्चालनको पद्धतिमा भएको विकास सँगै बडालहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गयो । फिरन्ते युगबाट कृषि युगमा प्रवेश हुन थाले । हिकिला मूल बसोबास गरि बर्खा ऋतुमा पशुपालन सजिलो बनाउन हालको दुँहु गाउँ पालिकाको बत्थोली सेरामा मौसमी धान खेती गरि सुत्खोलाको ३र४ सय रोपनि जग्गामा गाई गोरु चराउने गर्थे । सुत्खोलामा भीर मौरी लाग्ने ठूलो भीर थियो । बर्षमा १०० गाग्रो मह उत्पादन हुन्थ्यो । लक्षु, करन भन्ने बम रजवारहरुले बडालहरुलाई कि सेरो९बत्थोली० कि भेरो९भीर मौरीको० रोज्न भने । बडालहरुले गाईगोरु चराउन मिल्ने सुत्खोला सहित भेरो रोजे । बत्थोली सेरो बमहरुको भयो । भेरो साथै सुत्खोला रोजेकाले बडालहरुले लक्षु करनहरुलाई भीर मौरीको मह निकाल्दा बर्सेनी २ गाग्री मह बुझाउनु पर्ने भयो । यता हिकिलाको कम्दा लम्पाटामा पनि बडालहरुले चलन भोग गर्थे । त्यतै सम्पालको मन्दिर पनि छ । धर्म्या पट्टिका छोरा धनुवाका पछि उनको भागको जग्गा सम्पाल मन्दिर क्षेत्र बाहेक लस्क्याल कार्कीले लिए । बाँकी बडाल अद्यापि चलनभोग गर्छन् ।
समयक्रमसँगै जीवन पद्धतिमा सुधार आउदै गयो । जनसंख्या बढेसँगै आवश्यकताहरु र आकांक्षाहरु परिवर्तन हुदै गए । हिकिला मूल थातथलोबाट स्वैच्छिक बसाइँसराइ हुन थाल्यो । कोही बन्धुहरु छिमेकी गाउँ सुन्सेरा, सिप्टी, खलंगा तिर गए । कोही भारतको पाङ्लातिर भने कोही तराई कन्चनपुर कैलाली तिर र पाल्पा, काठमाडौं सम्म गए । सभ्यताको विकाससँगै सरल र सभ्य जीवन जीउन विभिन्न पेशाहरुमा संलग्नता बढ्यो । सरकारी सेवा प्राबिधिक तिर इन्जिनियर सम्म, पुलिसतिर इन्सपेक्टरसम्म, मेडिकल तिर डाक्टर सम्म, राजनीति तिर विभिन्न दलका जिल्ला अध्यक्ष सम्म रहि सेवा गर्दै छन् । शिक्षक, कर्मचारी,सेना,पुलिस,पुलिस,किसान र राजनीति कर्मीको रुपमा आआफ्नो ठाउँबाट देश समुदायको विकासमा लागिपरेका छन् । उता जुम्ला हुँदै पूर्व लागेका बडालहरु संसद सम्म पुगि शासनमा सहभागिता देखाएका छन् । साथै सहकारी कर्मी, निर्माण ब्यवसायी, सरकारी अफिसर, समाजसेवी, शिक्षक, किसान आदिको रुपमा रहि देश तथा समाजसेवामा हात बढाउदैछन् ।
यसरी समाज परिवर्तनको दिशामा बढ्दै जाँदा विभिन्न सँघर्ष र उतारचढाव सँगै बडालहरुले आफ्नो अस्तित्व जीवन्त राख्दै आएका छन् । साथै बदलिँदो विश्वपरिवेश सँगै बडाल समुदायको सार्थक अस्तित्व निर्माण गर्न र सभ्यता विकासको इतिहासमा एक नौलो शीला थप्न बडाल समाजको पनि बिधिबत स्थापना गरिएको छ । यसरी विश्व परिवेश सँगै अघि बढ्ने बडालहरुको यात्रा अबिराम बढिरहेको छ ।