अछाम। अछाममा जिप दुर्घटना हुदा १५ जना घाइते भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटना हुदा १५ जना घाइते भएका हुन् ।

घाइते १५ जना मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरी चौकी सिउँडीले जनाएको छ । प्रहरीका अनुसार लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बताइएको छ । जिपमा विद्यार्थी समेत रहेका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय