धनगढी। कैलालीको धनगढीबाट अबैध माछा बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २८ हजार ७ सय २० मूल्यको माछा, चिनी, प्याज, बिडी, सुर्ती, सरप लगायतका सामान बुधवार साँझ बरामद गरिएको हो।
माछासहित उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
