दार्चुला । दुहुँ गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन बिहीवार  सम्पन्न भएको छ । उदय सिंह बडालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको एमाले दार्चुलाले जनाएको छ ।

गाउँपालिका कमिटी उपाध्यक्षमा महिमन कुवँर, सचिवमा पदम बाेहरा, उपसचिवमा कलावती महरा र रण बहादुर कुवँर निर्वाचित भएका छन् । दुहुँ गाउँकमिटीका निवर्तमान अध्यक्ष जगं बहादुर बमको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य माेहन सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीसहित पदाधिकारी, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरूको आतिथ्यता रहेको अधिवेशन सर्वसहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय