फेरि हुदैछ प्रेमको चक्करमा तमासा।
पैला मनमा अहिले नजरमा तमासा ।।।
कसरी थाहा पाउने मदिरा पिएको ।
नदेखाएपछि आएर घरमा तमासा ।।
पानीमा उफ्रिनु ठिकै हो माछाले पनि।
भ्यागुताले पनि गर्छन् बगरमा तमासा ।।
बा,आमा गाउँमा नाङ्गै भोकै बस्नुहुन्छ।
छोरा कुकुर पालेर गर्छ सहरमा तमासा ।।
यी फूलहरू गमलामै खुशी हुनसक्छन् ।
किन गर्नुहुन्छ थुपार्दै पत्थरमा तमासा ।।
✍️लोचन भट्टराई कैलाली टिकापुर
