दार्चुला: हिजो काठमाडौं स्थित राष्ट्रिय सभागृहमा भएको सांस्कृतिक कार्यक्रम सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबिच रारा राष्ट्रिय म्युजिक अवार्ड द्वारा आयोजित कार्यक्रममा सम्मानित हुनु भएको छ। कार्यक्रममा अपि हिमाल गाउ पालिकाको तर्फबाट विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका करिब २५/३० जना महिलाहरु सहभागी भएका सहभागी अपि हिमाल गाउपालिका सांस्कृतिक समाज दार्चुला समूहका सचिव दिलमाया लोथ्यालले बताउनु भयो।
उक्त सम्मानित कार्यक्रममा समूहका विशेष सल्लाहकार राष्ट्रिय लोकदेउडा गायिका दिपा रोकायको समेत उपस्थिति रहेको बताउनु भयो । उनका अनुसार यो भन्दा पहिला सांस्कृतिक टिम नै बनाएर सांस्कृतिक समूह बनाएर दर्ता प्रक्रियामा लगि अपि हिमाल तथा दार्चुलाको सांस्कृति काठमाडौंमा पहिचान गराउने बताउनुभयो । यो भन्दा पहिले पनि काठमाडौंमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने गरेको र नेपालकै लोकपृय इन्द्रेणी कार्यक्रममा समेत आफ्नो पहिरन सहितको प्रस्तुति राख्ने अवसर पाइएको बताइएको छ।
मौलिक सांस्कृतिक पहिचान र मौलिकता लोप हुदै गरेको अवस्थामा दार्चुला जिल्लाको अपि हिमाल गाउ पालिकाका महिलाहरुले यसरी आफ्नो मौलिक संस्कृति बचाउन खेलेको भूमिका निक्कै प्रशंसनीय छ।
