धनगढी: मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले सातौँ बृहत रक्तदान, भजन कृतन तथा बृहत देउडा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।भोली फागुन १९ गते शनिबार धनगढी ५ तारानगर चित्रकुट स्थित समितिको कार्यालयमै बिहान ८ बजेदेखि सो कार्यक्रम आयोजना गरिन लागेको मालिकार्जुन सेवा समितिका सचिव तथा कार्यक्रम संयोजक जनक सिह सामन्तले जानकारी दिए।

सामाजिक सेवा अन्तर्गत मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले योभन्दा अगाडि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत भोलि सातौँ  बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको सचिव सामन्तले बताए।

उनले मानबीय सेवा प्रदान गर्न रक्तदान कार्यक्रममा उपस्थित भइदिन आग्रह गरहेको छन्। मालिकार्जुन दार्चुला सेवा समितिले पटक–पटक विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय