छिनछिनमा ज्वरो आउँछ जुखाम लाग्छ
यो जिन्दगीमा न हावापानी न घाम लाग्छ
डिग्री सम्म पढेका कागज पत्रहरू भन्दा
हामी दिन दुःखीलाई राहदानी काम लाग्छ
गरिबले देशको माटोलाई माया गर्दा पनि
कर स्वरुप ठोकेर वर्षै पिच्छे दाम लाग्छ
मर्नुपर्छ यही सोचेर दिन काट्दै छु अचेल
ठिकै छ मर्नुपर्छ शरीरलाई आराम लाग्छ
प्रेमी हौ तिमीले सहन सक्नुपर्छ प्रिया
के भो र प्यारमा थोरै त निलडाम लाग्छ
✍️राजेश क्षेत्री निर्दोष
सुदुरपश्चिम दार्चुला
