महेन्द्रनगर। कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ सामादैजीमा पश्चिमबाट पूर्व जाँदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पुरन रानाको मृत्यु भएको हो ।
कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय रानाको मङ्गलवार साँझ महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।ट्रकसहित चालक बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० का २८ वर्षीय मीनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।
