तिमिलाई पनि एकदिन प्यारको लत होला

जिन्दगी बेला बेला दुखिरहने आदत होला ।।

मेरो असफलतामा को को हाँसे हेरेको छु

मेरो सफलतामा त दुनियाँ सहमत होला।।

राम्रो कामको नराम्रो परिणाम आउन सक्छ

मुर्खको इज्जत गर्दा आफ्नै बेइज्जत होला।।

समथल आउदैमा छोडेर हिड्नु भएको छ

फेरि उकालो आउदा लौरोको जरुरत होला ।।

समयले सबै कुरा ,सधैं एउटै रहन दिन्न

एक दिन आँसुको रंग पनि रातो रगत होला।।

✍️सावित्री स्वप्रिल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय