दार्चुला कात्तिक १४ । कार्तिक ७ गते भएको नेपाल कम्युनिष्ट पार्टी एमाले ब्यास गाउँपालिका वडा नम्बर ६ को वडा अधिवेशन बाट वडा कमिटी सचीव रहनु भएका बिष्णु दत्त बडु ले एमाले पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन ।
दुई तिहाई सरकारको दम्भमा केहि कार्यकर्ता लाई योजनाको अध्यक्ष बनाउने उदेश्यले मात्रै गाउँमा बजेट दिएको र गाउँ समाजको विकासमा कुनै चासो नदेखाएकोले गाउँको समग्र बिकासमा काङ्ग्रेस नै अग्रसर रहेको र गरिब, बिपन्न जनताको सहारा काङ्ग्रेस नै भएको भन्दै नेकपा एमाले पाटी परित्याग गरि काङ्ग्रेस प्रवेश गरेको काङ्ग्रेस ब्याँस गाउँपालिका ६ नम्वर वडा सभापति जयादत्त भट्ट जानकारी दिए ।
एमाले सचिव बडूलाई नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी,वडा सभापति जयादत्त भट्ट,वडा नम्वर ६ का वडा अध्यक्ष मनोज कुवर लगायत अन्य काङ्ग्रेस नेताहरूले टिका र खादा सहित काङ्ग्रेस पार्टीमा स्वागत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय