धनगढी: धनगढीमा रहेको मानाबी जापानिज भाषा स्कूलले दर्जनौं विद्यार्थीको भविष्य अन्योलमा पारेको छ। धनगढी महानगरपालिका पाँचमा रहेको मानाबी जापानिज भाषा स्कूलले जापान जानको लागि तयार भएका लगभग ५० जनाको भविष्य अन्योलमा पारेको नाम नबताउने सर्तमा एक विद्यार्थीले बताए।
अप्रिल इन्टेकको लागि लिएको अन्तर्वार्तामा सहभागी विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरू अनुतीर्ण भएका थिए। अनुतीर्ण भएका विद्यार्थीहरूको प्रमाणपत्रहरू फिर्ता नगरेको विद्यार्थीहरूको गुनासो रहेको छ।
नाम नबताउने शर्तमा अर्का विद्यार्थीले भने जापान पुगिसकेको शैक्षिक प्रमाणपत्र बाहेक अरु प्रमाणपत्रहरू फिर्ता नहुने भनेर कन्सल्टेन्सीले झुक्याइरहेको बताए। उनले भने हामी अर्को ठाउँबाट प्रक्रिया पुर्याएर विदेश जाने बाटो समेत कन्सल्टेन्सीले रोकर आफ्नो विदेश जाने बाटो समेत बन्द गरिदिएको उनको भनाइ रहेको छ। हाम्रा प्रमाणपत्रहरू फिर्ता गरिदिएमा हामीहरू अर्को ठाउँबाट प्रयास गरेर जाने थियौं। म जस्तै दर्जनौं युवाहरूलाई मानाबी जापानिज भाषा स्कूलले यसरी नै बर्बाद बनाइदिएको उनको भनाइ रहेको छ।
त्यस्तै मानाबी जापानिज भाषा स्कुलका म्यानेजर डाइरेक्टर सागर खनालले भने उता पठाइसकेका प्रमाणपत्रहरूमध्ये केही प्रमाणपत्रहरू जापान सरकारले नै राख्ने भएकाले नपाउने र फिर्ता नहुने बताएका हुन्। उनले भने हामीसँग नभएका प्रमाणपत्रहरू हामीले कहाँबाट दिने । मानाबी जापानिज भाषा स्कूल यसअघि पनि विवादमा आइसकेको स्कूल हो।
