दार्चुला जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा अपि हिमाल गाउ पालिकाले सञ्चालन गरेको एक महिने घुम्ती शिविर हिजो (८) गते सम्पन्न भएको हो। पालिकको वडा नं ०६ को सितोला गाउ र खडियान गाउँमा शिविर सञ्चालन गरि एक महिने कार्यक्रम समापन गरिएको थियो। २०८० फागुन ८ गतेदेखि सुरु गरिएको शिविरमा स्थानीय सरकार यानकी गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाहरू प्रदान गरिएका थिए।

गाउँपालिका अध्यक्ष, सचिवालय , कृषि शाखा , भेटेनरी शाखा तथा स्वास्थ शाखा संगै पालिकाका अन्य कर्मचारीहरुको सहभागी रहेको उक्त शिविरमा जनताको गुनासो सुन्न पाएको र सेवाप्रदान गर्न पाइएको पालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले बताए। गाउँमै आएर पालिकाको टिमले यसरी सेवासुविधा पाउदा आफु खुसी भएको वडा नं ०६ मज्जेका जेष्ठ नागरिक झंकरी धामीले बताए।

अपि हिमाल गाउ पालिका भरिका सम्पूर्ण वडाहरुमा करिब १ महिना सम्म चलेको उक्त शिविर कार्यक्रमले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्बन्धि परामर्श संगै अन्य कार्यक्रमबाट जनतामा एक किसिमको खुसियाली छाएको सिद्धटोपी खबरका अपि हिमाल संवाददाता भकत सिह धामीले बताए।

 

 

सन्देशमुलक सामग्री प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय