दार्चुला कात्तिक १४ । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर २ बडाली गाउँकी एक महिलाको खर काट्ने क्रममा मृत्यु भएको छ । ५५ वर्षिया लालु देवी बडालको भिरवाट खसेर मृत्यु भएको स्थानिय मोहन सिह बडालले वताए ।

आईतवार २ वजे  घर नजिकैको गणेसिमल मेलामा खर काट्ने क्रममा उनी २ सय मिटर तल खसेपछि घटना स्थलमै मृत्यु भएको स्थानियले वताएका छन ।

मृत्यक बडालका श्रीमान २ छोरा र १ छोरी रहेका छन । प्रत्येक वर्ष दार्चुलामा खर काट्ने क्रममा भिरवाट खसेर एक दर्जन वढी महिलाहरुको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय