काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक बुधवार बस्ने भएको छ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । ‘उपनिर्वाचनको तयारी, प्रदेशको सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन् । यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
