धनगढी: संगीतको दुनियाँको म्युजिक रियालिटी शो अन्तर्गतको मेलौडी रियालिटी शोमा उत्कृष्ट ८मा पुगेका छन् कैलालीका जीवन परियार । उनले दर्जनौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट ८ को स्थान हात पारेका हुन्। कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत जीवन परियारले लामो समयदेखि गीत संगीत तिर चासो दिँदै आइरहेका छन्।

र लामो समयको सङ्घर्ष र प्रतीक्षापछि आफू यो स्थानमा पुगेको परियार बताउँछन्। उनले भने उत्कृष्ट २०,१० हुँदै उत्कृष्ट दशमा पुर्याइदिनुहुने सम्पूर्ण दर्शक श्रोता र शुभचिन्तकहरूमा धन्यवाद प्रकट गरेका हुन्। आगामी यात्राको लागि आफ्नो प्रस्तुतिभन्दा श्रोता र दर्शकहरूको भोटको आधारमा छनोट हुने हुँदा सम्पूर्ण दर्शक महानुभावहरूलाई सम्मान र सहयोग स्वरूप भोट गरिदिनुहुन अनुरोध गरेका हुन्।

उनी भन्छन् एउटा सामान्य गाउँघरमा जन्मेको र किसानको छोराले अहिले अवसर पाएको र यो अवसरको लागि स्वयंम आफ्नै संघर्षले नपुग्ने हुँदा सम्पूर्णमा सहयोग मागिरहेको र सहयोग गरिदिनुहुन्छ भन्ने आश रहेको परियार बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय