धनगढी: स्टार कठायतको निर्देशन र दिल रोकाएको शब्द सिर्जनामा प्रेमको चक्करमा जेल नामक गीत सार्वजनिक भएको छ। हालको देशको विद्धमान अवस्था र देशमा घटिरहेका घटनाहरुलाई केन्द्रबिन्दु बनाएर गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा शब्दसिर्जना आवाज र संगीत दिल रोकायाको रहेको छ।

संगीत सयोजन तथा रेकर्डिङ्ग भुमिराज थापाले गरेका छन् र र्याप बिमल शिंहको रहेको छ। भिडियो निर्देशन स्टार कठायतले गरेका छन्। छायाकन तथा सम्पादन कृष्ण बाबु श्रृंगार रेजिना वादको रहेको छ भने उक्त भिडियोमा मोडल बिकाश रोकाया, रेजिना बादी, सृजना आचार्य, आकांक्षा अग्रवालको अभिनय रहेको छ भने भिडियो बिकाश रोकाया युटुब च्यानलमा सार्वजनिक गरिएको छ। यो भिडियोका मोडेल विकास रोकायले योभन्दा पनि अगाडि पनि विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका छन् त्यस्तै निर्देशक स्टार कठायतले पनि विभिन्न म्युजिक भिडियोहरूको निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय