दार्चुला । ट्याक्टरबाट प्रहरीले दुई किलो ७ सय ग्राम चरेस बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा १ श्रीबगडबाट प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सुन्सेराबाट जिल्ला सदरमुकाम खलंगा तर्फ आइरहेको सुपप्र०२००१ त १३१० नम्बरको ट्याक्टरबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । श्रीबगडमा सोमबार आज साझ उक्त ट्याक्टर चेकजाच गर्ने क्रममा चरेस भेटिएको हो।
प्रहरीले ट्याक्टर चालक कृष्णपुर नगरपालिका वडा ३ कंन्चनपुर बस्ने वर्ष २७ का हर्कलाल रानालाई पक्राउ गरेको जनाएको छ । यस्तै संकास्पद अर्का ब्याक्ती व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरा बस्ने जयलाल सिह कुवरलाई समेत पक्राउ गरीएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले गोप्य सुचनाको आधारमा चरेस बरामद गरेको हो ।
