धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन्। मुख्यमन्त्री शाहको पत्र दर्तापछि चैत २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकार दिए। साथै चैत २१ गते बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

फाुगन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, नेकपा एकीकृत समाजवादीका ४ साथै स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १÷१ जना संसद छन्। विश्वासको मतका लागि वातावरण बनाउन मुख्यमन्त्री शाह सोमबार बेलुका काठमाडौं गएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय