धनगढी: बैतडीको डिलासैनी गाउँपालिका वार्ड नं ६ मा रहेको नेपाल टेलिकमको 4G टावरले काम गर्न छोडेपछि स्थानीयहरू मार्कामा परेका छन्। स्थापना भएको एक महिना नबित्दै टावरले काम गर्न छोडेपछि स्थानीयहरू हैरान बनेका हुन् ।
डिलासैनीमा टावर बनेको खबर सुनेपछि र गाउँघरमै इन्टरनेट चल्न थालेपछि आफू खुसी भएको तर महिना दिन नबित्दै उक्त खुसी हैरानीमा परिणत भएको स्थानीयले गुनासो गरेका छन्। घरघरमै इन्टरनेट चल्ने र सबै ठाउँको संचार लगायत विभिन्न सूचनाहरू हेर्न र सुन्न सजिलो भए हुने आसमा आफू खुसी भएको तर त्यो धेरै दिन नटिकेको स्थानीयको गुनासो रहेको छ।
गाउँमै इन्टरनेट चल्न थालेपछि आफूले विभिन्न प्याकेजहरू खरिद गरेर इन्टरनेट चलाउने गरेको तर महिना दिन नबित्दै टावरमा समस्या आएपछि उक्त सबै प्याकेजहरू खेर जाने अवस्थामा रहेको अर्का स्थानीयले गुनासो गरेका हुन्।
डिलासैनीमा टावर बने पछी दोगदकेदरका पनी विभिन्न ठाउँ हरुमा इन्टरनेटको सुविधा पुगेको र हाल बन्द हुँदा निरास भएको दोगदकेदरका स्थानीय हरुले बताएका छ्न।
यसबारेमा गाउँपालिकालाई बुझ्दा आफूलाई जानकारी नभएको डिलाशैनिक गाउँपालिकाका सूचना अधिकारी नवीन बहादुर रानाले बताए।
नेपाल टेलिकम बैतडीको भने फोननै उठ्न सकेको छैन्।
