दार्चुला । दुरदृष्टि डिजिटल प्रालिले जिल्ला प्रहरी कार्यालय दार्चुलालाई ५५ ईन्चको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । प्रालिको ब्यापार ब्यवसाय सँगै सामाजिक कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुलालाई सोमबार एक कार्यक्रमका बिच ५५ इन्चको स्मार्ट टिभी हस्तातरण गरिएको दुरदृष्टि डिजिटल प्रालि सुदुरपश्चिम प्रदेश प्रमुख नविन जोशीले जानकारी दिए ।

कम्पनिले ब्यापार ब्यवसाय सँग सँगै समाजिक र स्थानिय उत्पादनका कार्यलाई बिषेश जोड दिईरहेको प्रालीका सु.प प्रमुख जोशीले बताए ।
कम्पनिको सामाजिक कार्य अन्तर्गत निशुल्क रुपमा आँखा शिविर, अपाङगता भएका ब्यक्तिहरुको निशुल्क उपचार लगायतका कार्यहरु गर्दै आईरहेको छ । कम्पनिलाई सहयोग गर्ने समाजिक संस्थाहरुः सरकारी तथा गैर सरकारी बिद्यालय, अस्पताल, नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीलाई कम्पनिको तर्फबाट सक्दो सहयोग मायाँको चिनो हस्तान्तरण गर्दै आईरहेका छ ।

आज मात्रै जिल्ला प्रहरीकार्यालय दार्चुलालाई मायाँको चिनो स्वरुप ५५ ईन्च स्मार्ट टिभी हस्तान्तरण गरिएको छ भने अवको केहि दिनमै शसस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक र संस्थागत बिद्यालयहरु, सरकारी अस्पताल लगायत अन्य संघसंस्थाहरुलाई पनि सहयोग गर्ने कम्पनिले जनाएको छ ।

नेपाल सरकार कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता नम्वर ३१०१५४/०७९/०८० दुरदृष्टि डिजिटल नाम गरी प्रत्येक महिना केहिलाई उपहार र अन्तिममा सबै ग्राहकको हात खाली नहुने गरी दैनिक ४० रुपैयाँमा कम्पनिले नयाँ अफर लिएको छ । यस कार्यक्रममा देश भरीका ६ हजार ९ सय ९९ जनाले सहभागीता जनाउने कम्पनिले जनाएको छ । जसअन्तर्गत प्रत्येक महिना २५/२५ जना भाग्यमानी ग्राहकहरुले समान पाउने छन ।

दुई जना भाग्यमानी ग्राहकले बाईक र २३ जनाले ३२,४३ ईन्चको स्मार्ट, टिभी फ्रिज, टिएमसी लगायतका सामानहरु गोलाप्रथाको माध्यमबाट पाउने छन । प्रत्येक महिना बाईक पाउने ग्राहकको नम्वर ब्लक रहेने र पछि किस्तापनि छुटहुने कम्पनिले जनाएको छ । बाकी प्रत्येक महिना बाईक बाहेक अन्य २३ जना समान पाउने महाभाग्यमानी ग्राहकले पछि दोस्रो, तेस्रो पल्ट समान पाउने र अन्तिममा बाईक र कार पाउने कम्पनिले जनाएको छ । साथै ३२ ईन्चको स्मार्ट टिभीका लागी ग्राहकले सम्पुर्ण किस्ता एकमुष्टै तिरे किस्ता तिर्ने बित्तिकै टिभी पाउने कम्पनिले जनाएको छ ।

२४ औँ किस्तामा सम्पुर्ण ६ हजार ९ सय ४७ जना ग्राहकहरु मध्ये ६ हजार ९ सय ३६ जनाले एकमुष्ट रुपमा ३२, ४३, ५५ र ६५ ईन्चको टि.भी, टु—डोर, सिङगल डोर फ्रिज, वासिङ मेनिसन, ल्यापटप, डेक्सटप कम्प्युटर लगायतका सामानहरु पाउने छन ।
अन्तिममा केहि नपर्ने अभागी ११ जना ग्राहक मध्ये १० अभागी ग्राहकलाई बाईक र स्कुटी र अन्तिममा केहि नपर्ने महाअभागी ग्राहकले ५५ लाखको नेक्सनको ईलेक्ट्रोनिक कार पाउने कम्पनिले जनाएको छ । ग्राहक शूल्क प्रत्येक २४ महिना १२ सयका दरले तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय