बैतडी: बैतडीको दोगडा केदार गाउँपालिका वाड नं ८ का युवाहरूले होली खेलेको रकमले आफ्नो गाउँ ठाउँको समस्यालाई बुझेर गाउँ ठाउँलाई सहयोग गरेका छन् । बैतडीको विकट गाउँपालिकाको विकट वाड कला गाउँका युवाहरुले होली खेलेको रकमले कुर्सी किनेर गाउँमा सहयोग गरेका छन्।

चार दिन खेलिएको होलीबाट संकलित रकमले आफ्नै गाउँलाई सहयोग गरेको स्थानीय तथा होली कमिटीका सदस्य मनोज बिष्ट (सहयात्रीले) बताएका हुन् । उनले भने होली खेलेर उठेको रकम अन्य कुरामा खर्च गर्नुभन्दा गाउँठाउँलाई खर्च गर्नु उपयुक्त ठानेर गाउँठाउँलाई सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा अग्रसर हुने बिष्टले बताएका हुन् । युवाहरूले गरेको यो कार्य र युवाहरूको समाजप्रतिको उत्तरदायित्व देखेर स्थानीयहरू हर्षित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय