धनगढी: इलाम २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । राष्ट्रीय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बु योङहाङले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।
निर्वाचन आयोगका अनुसार कुल सदर मत ६९ हजार दुई सय ८७ जना मध्ये मिलनले ५ हजार ५० मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि ६ हजार ९२९ मत ल्याउनुपर्ने हुन्थ्यो ।
